तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जको ग्यालेक्सी स्कुलमा महानगरको सिल

पर्सा । वीरगञ्जमा अवैध रूपमा सञ्चालित ग्यालेक्सी सेकेन्डरी स्कुलमा महानगरपालिकाले सिलबन्दी गरेको छ । वीरगञ्ज महानगरपालिका–१०, आदर्श टोलमा रहेको उक्त स्कुलमा महानगरपालिकाको टोलीले सिलबन्दी गरेको हो । 

विद्यालयले आफ्नो विद्यालयमा भर्ना भएका विद्यार्थीहरूको अध्ययनमा ध्यान दिनुपर्नेमा अवरोध गर्नुका साथै वार्षिक परीक्षा सञ्चालनमा समेत अवरोध गरेको थियो । 

यसका साथै व्यवसाय कर, घर बहाल कर, एकिकृत सम्पत्ति कर लगायतका कर नबुझाएको, विद्यालय अनुमति पत्र नवीकरण नभएको, इमिस अध्यावधिक नरहेको, पटक पटक कागजात माग्दा विवरण उपलब्ध नगराएपछि बुधबार विद्यालयको मुल गेटमा सिलबन्दी गरेको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिए । 

महानगरपालिकाले अनुमति नलिई अवैध रूपले सञ्चालनमा रहेका विद्यालयलाई कारबाही गर्दै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button