पाणिनि क्षेत्रलाई धार्मिक र पर्यटकीय स्थलका रुपमा विकास गरिनेछ: प्रधानमन्त्री
अर्घाखाँची । प्रधानमन्त्री केपी शर्मा ओलीले महर्षि पाणिनिलाई श्रद्धा र सम्मान गर्दै पाणिनि क्षेत्रको समग्र विकासका लागि सरकारको ध्यान जाने बताउनुभएको छ ।
अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनि तपोभूमि सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त स्थललाई धार्मिक र पर्यटकीय स्थलका रुपमा विकाससित गर्न सरकार तत्पर रहेको बताउनुभएको हो ।
विश्वको प्राचीन संस्कृत भाषा व्याकरणको उत्पत्ति भएको ऐतिहासिक पुण्य र तपोभूमि पाणिनिलाई विश्वसामु चिनाउन ‘पाणिनि तपोभूमि सम्मेलन आयोजना गरिएको हो ।






प्रतिक्रिया राख्नुहोस्