तपाईँ सुन्दै हुनुहुन्छः

केपी ओली राष्ट्रिय टी २० क्रिकेट : आजको खेलमा गण्डकी हिरोज र हिमालयनको जित

पोखरा । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको खेलमा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले जित हासिल गरेका छन् । 

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगिताको चौथो दिन समूह ‘बी’ तर्फका दुई खेल आज सम्पन्न भएको हो । 

मङ्गलवारको पहिलो खेलमा हिमालयन क्रिकेट एकेडेमीले ग्रेट हिमालयन क्रिकेट एकेडेमीलाई २ विकेटले पराजित गर्‍यो । १ सय ६३ रनको विजयी लक्ष्य पाएको हिमालयन क्रिकेट एकेडेमीले १९.२ ओभरमा ८ विकेट गुमाउँदै १ सय ६७ रन बनाउँदै जित हासिल हात पार्न सफल भएको हो । 

त्यस अघि टस हारेर ब्याटिङ गरेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । 

दोस्रो खेलमा गण्डकी हिरोजले चितवन क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्‍यो । १ सय ३६ रनको विजयी लक्ष्य पाएको गण्डकी हिरोजले १३.३ ओभरमा ६ विकेट गुमाउँदै १ सय ३९ रन बनायो ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको चितवन क्रिकेट क्लबले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३५ रनको योगफल तयार पारेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button