तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुरसिमरा गोल्डकप: हिमालयन शेर्पा सेमिफाइनलमा

बारा। हिमालयन शेर्पा क्लब जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

सिमरा रङ्गशालामा सोमबार राती भएको ‘ए’ डिभिजन भिडन्तमा फ्रेण्डस क्लबलाई १–० ले स्तब्ध पार्दै हिमालयन शेर्पा सेमिफाइनलमा प्रवेश गरेको हो । यो खेलसँगै जीतपुरसिमरा गोल्डकपको १५ औँ संस्करणको सेमिफाइनल समीकरण पुरा भएको छ । हिमालयन शेर्पाले फाइनल प्रवेशका लागि अब बुधबार आयोजक नवजनजागृति युवा क्लबसँगको भेट पक्का गरेको छ ।

आज मङ्गलवार  राती हुने पहिलो सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लबले चितवनको हनामी विएफसी भरतपुरसँग प्रतिस्पर्धा गर्नेछ । हिमालयन शेर्पाको जितमा खेलको ९ औँ मिनटमा भारतीय खेलाडी रोबर्ट खोङजोले गरेको गोल नै निर्णायक बनेको छ  । विनु आले मगरको पासमा रोबर्टको पहिलो प्रहार रोक्ने क्रममा लडेका फ्रेण्ड्सका गोलरक्षक विकेश कुथु सम्हालिन नपाउँदै रिवाउण्ड बलमा पुनः रोवर्टले गोल गरेका थिए । उत्कृष्ट खेल प्रदर्शन गरेको फ्रेण्ड्स फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरिएको छ  । खेलको ग्रीन इनर्जी म्यान अफ दि म्याच हिमालयन शेर्पाका रोबर्ट खोङजो घोषित हुनुभयो  । 

उहाँले १० हजार नगद र ट्रफि प्राप्त गर्नुभयो । उहाँलाई आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख कर अधिकृत दिनेश पाण्डे र ग्रीन इनर्जीका सञ्चालक स्वीकार ढकालले पुरस्कार प्रदान गरेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button