तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल: दाङलाई हराउँदै पाल्पा सेमिफाइनलमा 

दाङ । दाङको घोराहीमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पाल्पा प्रवेश गरेको छ ।

प्रदेश खेलकुद परिषद्, लुम्बिनीको आयोजनामा जारी भएको प्रदेश स्तरीय प्रतियोगिता अन्तरगत शुक्रबार दोस्रो क्वाटर फाइनलमा दाङलाई ३-० को सोझो सेटमा हराउँदै रोल्पा सेमिफाइनल पुगेको हो ।

३-० को जीत निकाल्न पाल्पाले २५/१५, २५/१५ र २५/१८ को सोझो सेटमा दाङलाई हरायो । जीतसँगै पाल्पाले सेमिफाइनलमा रोल्पासँगको भेट पक्का गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित जिल्ला समन्वय समितिको सहिद मञ्चमा जारी प्रतियोगिताको क्वाटर फाइनलमा रोल्पा, रुकुमपूर्व, पाल्पा, अर्घाखाँची, बाँके, कपिलबस्तु, रुपन्देही दाङले खेलीरहेका छन् ।यसैगरी, तेस्रो क्वाटर फाइनलमा बाँके र रुकुम पूर्व बीच खेल हुँदा चौथो क्वाटर फाइनलमा रुपन्देही र अर्घाखाँची बीच खेल हुने आयोजकले जनाएको छ।

लिगकम नकआउटको आधारमा खेलाइएको मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा प्रदेशका १२ वटै जिल्लाबाट महिला भलिबल खेलाडी दाङमा आएका प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरन गौतमले जानकारी दिनुभयो । प्रदेशमा दक्ष महिला खेलाडी उत्पादन गर्न र भलिबलको विकासका लागि प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको प्रदेश खेलकुद परिषद्, लुम्बिनीले जनाएको छ ।

फाइनल खेल शनिबार हुने आयोजक प्रदेश खेलकुद परिषद् लुम्बिनीले जनाएको छ ।

प्रतियोगिताको उपाधि जित्ने टिमले नगद एक लाख, मेडल, ट्रफी र प्रमाण–पत्र पुरस्कार पाउने छ भने उपविजेता टिमले नगद पैसट्टी हजार, मेडल, ट्रफी र प्रमाण–पत्र पुरस्कार पाउने आयोजक प्रदेश खेलकुद परिषद्का सदस्य कैलाश रोका मगरले बताउनुभयो । यसैगरी, तृतीय पुरस्कार नगद पैँतिस हजार, मेडल, ट्रफी र प्रमाण–पत्र र सान्त्वना हुने टिमले नगद पन्ध्र हजार प्रमाण–पत्र प्राप्त गर्ने उहाँले बताउनुभयो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद दश हजार, मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिनुका साथै ६ विधामा उत्कृष्ट हुने खेलाडीलाई पनि जनही पाँच हजार, मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button