आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु
पाल्पा । पाल्पामा जङ्गलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका ७ पालुङ्गाका ६१ वर्षीय टेक बहादुर सर्तुङ्गे रहेको प्रहरीले जनाएको छ । सोही स्थानको पालुङ्ग सामुदायिक जङ्गलमा लागेको आगो निभाउने क्रममा हिजो बेलुका करिब ५ बजेको समयमा करिब २० मिटर माथिबाट लागो लागेको स्थानमा लड्न जाँदा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दिप बेल्बासेले जानकारी दिनुभयो ।
शब पोस्टमार्टम गर्न पाल्पा अस्पताल ल्याइएको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्