सांसद बोहराको पार्थिव शरीर गृह नगरमा ल्याइ नगर परिक्रमा गराइयो

रुपन्देही । रुपन्देही जिल्ला क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य बोहराको पार्थिव शरीरलाई नगर परिक्रमा गराइएको छ ।
राप्रपाका वरिष्ठ नेता समेत रहेका बोहराको आजै काठमाडौँबाट शव रुपन्देही ल्याइ नगरपरिक्रमा गरि राप्रपाको पार्टी कार्यालयमा राखिएको छ । स्थानीय जनता, शुभेच्छुक, कार्यकर्ताको सहभागितामा सिद्धार्थ नगर परिक्रमा गराइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा सांसद दीपक बोहराको बुधबार (भोली) अन्त्येष्टि गरिने भएको छ । उहाँको काठमाडौँस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने राप्रपा केन्द्रीय सदस्य तोया नाथ लम्सालले बताउनुभयो ।
मङ्गलवार दिउँसो २ः३० बजे हेलिकप्टरमार्फत बोहराको पार्थिव शरीर गृह नगर भैरहवामा ल्याइएको छ । त्यसपश्चात् पार्थिव शरीर काठमाडौँ लगिनेछ । बुधबार राप्रपा केन्द्रीय कार्यालय, धुम्बाराही, काठमाडौँमा अन्तिम श्रद्धाञ्जलीका लागि बोहराको पार्थिव शरीर राखिने केन्द्रीय सदस्य लम्सालले जानकारी दिनुभयो ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले रुपन्देही क्षेत्र ३ का संघीय सांसद एवं पुर्वमन्त्री दिपक बोहोराको निधन प्रति दुःख एवं समवेदना ब्यक्त गर्दै बुधवार नगरमा शोक बिदा दिने निर्णय गरेको छ । मङ्गलवार नगर प्रमुख इश्तियाक अहमद खाँको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले शोक प्रस्ताव पारित गर्दै बुधवार नगर भित्र शोक बिदा दिने निर्णय गरेको हो । प्रतिनिधि सभा बोहोरा सिद्धार्थनगर ३ निवासी समेत हुनुहुन्छ ।
बोहराका दुई श्रीमती मञ्जु बोहरा र उन्नति शिला बोहरा हुनुहुन्छ । उहाँका दुई छोरा गौरव र प्रज्वल हुनुहुन्छ । जेठो छोरा गौरव बुद्ध एअरका सिनियर पाइलट हुनुहुन्छ भने कान्छो छोरा प्रज्वल आइटी इन्जिनियर हुनुहुन्छ । पछिल्लो समय दुवै जना राजनीतिमा सक्रिय छन् । बोहराकी एक छोरीको गत फागुनमा निधन भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्