तपाईँ सुन्दै हुनुहुन्छः

गणतन्त्रको पक्षमा राजविराजमा मोटरसाइकल र्‍याली

सप्तरी । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गरौँ, प्रतिगामी तत्त्वलाई परास्त गरौँ’ भन्ने मुल उद्देश्य राखी आज राजविराजमा खबरदारी स्वरूप मोटरसाइकल र्‍याली निकालिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी सप्तरीको अगुवाइमा सोमबार दिउँसो हजारौँको सङ्ख्यामा मोटरसाइकल र्‍याली निकालिएको हो । 

र्‍यालीमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दाबाद’, ‘प्रतिगमन मुर्दावाद’, ‘हिंसा, हत्या र लुटपाट मुर्दावाद’, ‘जन्मसिद्ध श्रेष्ठता अस्वीकार गरौँ’, ‘दास र रैती बन्न मञ्जुर छैनौँ’, ‘हत्यारालाई कारबाही गर’, ‘शान्ति सुव्यवस्था कायम गर’, ‘सामाजिक अराजकता मुर्दावाद’, ‘जनताको बहुदलीय जनवाद जिन्दाबाद’, ‘नेकपा एमाले जिन्दाबाद’ लगायतका नारा लगाउँदै मोटरसाइकल र्‍याली प्रदर्शन गरिएको थियो । 

एमाले पार्टी कार्यालय मदन नगरबाट निकालिएको र्‍याली राजबिराज परिकमा गरी स्थानीय नेता चौकमा गएर कोण सभामा परिणत भएको थियो । कोण सभालाई नेकपा एमाले पोलिट ब्यूरो सदस्य सुमन राज प्याकुरेलले अराजक र प्रतिगामी तत्त्वहरूलाई तह लगाएरै छाड्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button