परिवर्तनकारी शक्तिहरू एकजुट हुन आवश्यक : नेता राई
भोजपुर । मुलुकमा अस्थिरता चाहने शक्तिहरू सलबलाउँदै गएको नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शेरधन राईले बताउनुभएको छ ।

एमाले भोजपुरले जिल्ला सदरमुकाममा सोमवार गरेको जनजागरण सभालाई सम्बोधन गर्नुहुँदै राईले मुलुकमा अराजकता, अस्थिरता चाहने र प्रतिगामी तत्त्वहरू अहिले सलबलाइरहेको बताउनुभयो । राईले त्यस्ता गतिविधिलाई परास्त गर्न जरुरी रहेको भन्दै परिवर्तनकारी शक्तिहरू एकजुट हुन आवश्यक रहेको बताउनुभयो ।
संघीय लोकतान्त्रिक गणतन्त्रका विरोधीलाई परास्त गर्न सबै एकजुट हुन पनि जरुरी रहेको राईको धारणा थियो ।
जिल्ला कमिटी अध्यक्ष मक्कर बहादुर खड्काको अध्यक्षतामा आयोजित जनजागरण सभामा केन्द्रिय सदस्य तथा भोजपुर जिल्ला इन्चार्ज परशुराम अधिकारी, भोजपुर प्रदेशसभा (ख) का इन्चार्ज हरिबहादुर राई, उपसचिव रमा राई लगायतले फेरि राजसंस्था पुरस्थापना हुन नसक्ने दाबी गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्