ईद पर्व राष्ट्रिय एकता र सद्भावको प्रतीक : प्रदेश प्रमुख मियाँ
कञ्चनपुर । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद उल–फित्र राष्ट्रिय एकताको प्रतीक रहेको उल्लेख गर्नु भएको छ ।

ईद पर्वको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभयो ।
प्रदेश प्रमुख मियाँ आपसी भाइचारा, मेलमिलाप र पारिवारिक मिलनको अवसरका रूपमा ईद मनाउनु पर्ने उल्लेख गर्दै भन्नुहुन्छ, ‘यस पर्वले नेपाली समाजमा आपसी सद्भाव, समझदारी, समन्वय तथा मेलमिलापको भावना अभिवृद्धि गर्नुका साथै राष्ट्रिय एकतालाई सुदृढ बनाउने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु, ‘नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको यस महान् पर्वको सम्मानस्वरूप सार्वजनिक बिदा दिएको छ, जसले यस पर्वलाई राष्ट्रिय महत्व प्रदान गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्