तपाईँ सुन्दै हुनुहुन्छः

गहुँबारिमा पसेको बाघ नियन्त्रणमा

 कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–२ टेडुवा गाउँको गहुँबारिमा पसेको बाघ नियन्त्रणमा आएको छ ।

डिभिजन वन कार्यालय , शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कार्यालयको प्राविधिकहरूले हात्ती माथिवाट डाँट गरेर बेहोस पारि नियन्त्रणमा लिएको डिभिजन बन अधिकृत राम विचारी ठाकुरले जानकारी दिनु भएको छ।

उहाँले उक्त भाले बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्य भागमा लगेर छोडिने समेत बत्ताउनु भएको  छ ।

उहाँका अनुसार टेडुवास्थित गहुँबारीमा हिजो बिहानबाट बाघ देखिएको र उक्त बाघले एउटा चौपाया खाए बत्ताउनु भयो 

गहुँबारीमा बाघ पसेपछि स्थानीय त्रसित बनेका थिए। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button