तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल बार एसोसिएशनद्वारा तीनकुने घटनाको भर्त्सना

काठमाडौँ । नेपाल बार एसोसिएशनले नेपालको संविधान विपरीत पूर्व राजाको समर्थन गर्दै आक्रमण, तोडफोड, आगजनी र लुटपाट गरी मानवीय र भौतिक हुनेगरी भएको घटनाको भर्त्सना गरेको छ ।

बारका महासचिवमा अन्जिता खनालद्वारा आज जारी भएको प्रेस विज्ञप्तिमा शुक्रबार तीनकुनेमा पूर्व राजा समर्थकको प्रदर्शनका क्रममा भएको घटनामा मानवीय र भौतिक क्षति भएको भन्दै दुःख व्यक्त गर्दै भर्त्सना गरिएको हो ।

बारले एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजक र सोही घटनामा परी सविन महर्जनको मृत्यु भएको जनाउँदै उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । 

मृतकका परिवारलाई उचित क्षतिपूर्ति माग गर्नुका साथै घटनाको सत्य अनुसन्धान गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न माग गरिएको बारका महासचिवमा खनालले जानकारी दिनुभयो । 

साथै, बारले विज्ञप्तिमार्फत यस्ता घटना पुनः दोहोरिन नदिन मानवअधिकारको रक्षा, सुरक्षाको प्रभावकारी व्यवस्था गर्न र आम नागरिकको सुरक्षा गर्न सरकारसँग अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button