तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार सुरेश रजकको हत्याविरुद्ध कास्की पत्रकारको प्रदर्शन

कास्की । शुक्रबार भएको राजावादीहरूको आन्दोलनमा एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको हत्या र सञ्चार माध्यमहरूमाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासङ्घ कास्कीले शनिबार बिहान पोखराको सहिद चोकमा विरोध प्रदर्शन र शोक सभा गरेको छ ।

महासङ्घ कास्की परिसरबाट र्‍यालीसहित सहिद चोक पुगेका कास्की पत्रकारहरूले रजकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घटनाको छानबिन गरी दोषीलाई कारवाहीको माग गरेका छन् ।

महासङ्घ कास्कीका अध्यक्ष माधवप्रसाद बरालले लोकतन्त्रमा प्रेस स्वतन्त्रताको सुनिश्चितता हुने भन्दै अराजक समूहबाट भएको हत्या, कुटपिटको भर्त्सना गर्नुभयो  । 

शोक सभामा लोकतन्त्र पक्षधर पत्रकार सङ्गठनका प्रतिनिधिले मृतक रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।सभामा सहभागीले प्रेस स्वतन्त्रताको पक्षमा प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button