शीर्ष नेताद्वारा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय अवलोकन

काठमाडौँ । समाजवादी मोर्चा नेपालका नेताहरूले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा निरीक्षण गर्नुभएको छ ।
विभिन्न धार्मिक सङ्घ संस्था तथा राजवादी समर्थकको समूहले शुक्रबार पार्टी कार्यालयमा तोडफोड गरेकाले त्यसको क्षतिबारे बुझ्न शीर्ष नेताहरू आलोकनगर पुग्नुभएको हो ।
निरीक्षणका क्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवलगायतका नेताहरूले घटनाक्रमको वस्तुस्थितिबारे जानकारी लिनुभयो ।
निरीक्षणका क्रममा भवनका अधिकांश सिसा फुटेका, फर्निचर तथा महत्वपूर्ण कागजात जलाइएको पाइएको छ । त्यस अवसरमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रतिगामी शक्तिले गरेको हिंसात्मक गतिविधिको सरकारले छानबिन गरी दोषीलाई आवश्यक कारबाही गर्नुपर्ने बताउनुभयो । त्यसको रक्षाका लागि सबै बताउनुभएको छ ।
गणतन्त्र, संविधान र व्यवस्था विरोधी समूहले भौतिक संरचना तोडफोड, आगजनी गरेको घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्