प्रधानमन्त्रीले संसद् बैठकलाई सम्बोधन गर्नुहुने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १८ गते बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्नुहुने भएको छ ।

संसद् बैठकको गतिरोध, प्रतिस्थापन विधेयक लगायत विषयमा उहाँले सम्बोधन गर्नुहुने भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
विपक्षी दलहरूले कुलमान घिसिङलाई नेपाल प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्ती गरेका विषयलाई लिएर तीन दिनदेखि संसद् बैठक अवरोध गरिरहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्