बागलुङका तीन सामुदायिक बनमा आगलागी
बागलुङ । गर्मीयाम सुरु भएसँगै बागलुङका तीन सामुदायिक बनमा वनजङ्गलमा आगलागी भएको छ ।
बागलुङको निसीखोला गाउँपालिका–३ को देउराली सामुदायिक वनको ४६ हेक्टर, ढोरपाटन नगरपालिका–३ को मौरीभिर सामुदायिक वनको तीन हेक्टर र जैमिनी नगरपालिका–९ को जलुकेपातल सामुदायिक वनको तारेभिरमा आगलागी भएको डिभिजन वन कार्यालय बागलुङले जनाएको छ ।
आगलागीका कारण वातावरण माठुलो क्षति पुगेको छ । गर्मीसँगै हावाहुरीका कारण वनमा हुने आगलागी बढेको डिभिजन वन कार्यालय बागलुङका वन अधिकृत तथा सूचना अधिकारी मनकुमार छन्त्यालले बताउनुभयो ।
बर्सेनि डढेलोका कारण वन क्षेत्रमा ठुलो नोक्सानी हुनुका साथै वन्यजन्तु र पन्छी मर्ने गरेको र बासस्थान नष्ट हुने गरेको उहाँले बताउनुभयो । डढेलोले वन्यजन्तु र पन्छी मर्ने तथा उनीहरूको वासस्थान नष्ट हुँदै आएको र पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पुर्याइरहेको उहाँले बताउनुभयो ।
वनजङ्गलमा हुने आगलागी नियन्त्रणका लागि डिभिजन वन कार्यालयले समुदायस्तरमा सचेतना कार्यक्रम सञ्चालन गरिरहेको सूचना अधिकारी छन्त्यालले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्