बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक सुरु
काठमाडौं ।प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलहरूको महत्वपूर्ण बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भइरहेको यो बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित प्रमुख नेताहरू उपस्थित छन् ।
यो बैठकमा राष्ट्रिय राजनीतिमा देखापरेका पछिल्ला घटनाक्रम, सरकारको कार्यदिशा, र सत्ता साझेदार दलहरूबीचको आपसी समन्वयका विषयमा गहन छलफल हुने अनुमान गरिएको छ । विशेष गरी, संसदमा विचाराधीन विधेयकहरू, आगामी बजेटको तयारी, र विभिन्न राजनीतिक नियुक्तिहरूका बारेमा नेताहरूले आफ्ना धारणा राख्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्