प्रधानमन्त्री कप क्रिकेट : एपीएफद्वारा लुम्बिनी प्रदेश ७ विकेटले पराजित
रुपन्देही । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार भएका खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ ।

रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्दै फाइनलको सम्भावना केही बलियो बनाएको छ ।
अङ्क तालिकाको तेस्रो स्थानमा रहेको एपीएफले अन्तिम खेलअघि १२ अङ्क जोडेको छ । दुई खेल खेल्न बाँकी रहेको शीर्ष स्थानको नेपाल पुलिस क्लबको १४ अङ्क र एक खेल खेल्न बाँकी रहेको दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबको पनि १४ अङ्क छ ।
अन्तिम खेलमा आर्मीले पुलिससँग खेल्नेछ । अन्तिम खेलमा आर्मी पराजित भएर एपीएफले कोशी प्रदेशलाई हराए एपीएफको फाइनल सम्भावना बलियो हुनेछ । पुलिसका लागि भने कर्णाली र पुलिसमध्ये एक खेल जिते फाइनल पक्का हुनेछ । यससँगै एपीएफसँगै आर्मी र पुलिसको पनि शीर्ष चार स्थान भने पक्का भएको छ । सोमबार लुम्बिनीले दिएको २२४ रनको लक्ष्य एपीएफले ४१.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । एपीएफका कप्तान रोहितकुमार पौडेलले ७१ रन र पुरन विकले नटआउट ७२ रन बनाए ।
त्यसअघि पहिले ब्याटिङ गर्दै लुम्बिनीले कप्तान देव खनालको ६३ र मिर्नाल गुरुङको ५५ रनको मद्दतमा ८ विकेटको क्षतिमा २२३ रन बनाएको थियो । बलिङमा एपीएफका अभिषेश गौतम र अमरसिंह रौटेलाले ३–३ तथा मौसम ढकालले २ विकेट हात पारे ।
कर्णालीले टस जितेर ब्याटिङ रोजेको थियो । रिजनले ८.१ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ५ विकेट लिए । सूर्यले ७ ओभरमा २ मेडन राखेर १७ रन दिँदै ४ विकेट हात पारे । रिजन प्लेयर अफ दि म्याच घोषित भए । कर्णालीका लागि सुनिल धमलाले सर्वाधिक १५ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । दुवै टोली पिएम कपको फाइनल दौडबाट बाहिरिइसकेका छन् । बागमती ८ खेलमा चौथो जितपछि ८ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । समान खेलमा समान अङ्कसहित कर्णाली पाँचौँ स्थानमा छ ।
प्रतिक्रिया राख्नुहोस्