तपाईँ सुन्दै हुनुहुन्छः

जिम्मेवारी पूरा गर्न सबैको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष ओझा 

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा ऐनले निर्दिष्ट गरेका जिम्मेवारी पूरा गर्नका लागि कर्मचारी युनियनहरू, बीमकका संस्थाहरू लगायत सरोकारवाला सबैको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ ।

Oplus_131072

अध्यक्ष ओझाले नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको विशेष अधिवेशनको आज ललितपुरमा उद्घाटन गर्नुहुँदै बीमा क्षेत्रलाई सुव्यवस्थित रूपमा अगाडि बढाउनका लागि सम्वद्ध सबैसँग सहकार्य गर्न प्राधिकरण पूर्णरूपमा तयार रहेको बताउनुभयो ।

बीमा क्षेत्रका समस्याहरू सरोकारवालाहरू सबैसँग मिलेर समाधान गर्न सकिने उल्लेख गर्नुहुँदै अध्यक्ष ओझाले बीमा क्षेत्रलाई व्यवस्थित, विश्वसनीय र पारदर्शी बनाउनु नै मुख्य प्राथमिकता भएको बताउनुभयो ।

अध्यक्ष ओझाले सरकारले दिएको जिम्मेवारी कामबाट नै पूरा गर्न र बीमा क्षेत्रमा असल अभ्यास प्रवद्र्धन गर्न सम्वद्ध सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले कर्मचारीहरूका हक, हित लगायतका विषयमा कर्मचारी युनियनहरूसँग सहकार्य गर्न व्यवस्थापन तयार रहेको बताउनुभयो ।

कार्यक्रमको सभापतित्व नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष शम्भु प्रसाद मिश्रले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button