तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगंज–नानपारा १३२ केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गरिने

बाँके । नेपाल विद्युत् प्राधिकारले नेपालगंज–नानपारा १३२ केभी अन्तरदेशीय प्रसारण लाईन निर्माण गर्ने भएको छ । बाँकेको जानकी गाउँपालिका–५ मा निर्माणाधीन न्यु–नेपालगंज १३२/३३ केभी सबस्टेशन देखि नेपाल–भारत सीमा (दशगजा क्षेत्र) सम्म १६.३८ किलोमिटर डबल सर्किट प्रसारण लाईन तथा पुरानो नेपालगंज ९ मा रहरेको ३३/११ केभी सबस्टेशन सम्म ६.१५ किलोमिटर मल्टी सर्किट गरी कुल २२.५३ किलोमिटर लामो प्रसारण लाईन निमार्ण गरिने भएको नेपाल बिद्युत् प्राधिकरण नेपालगंज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले जानकारी दिनुभयो ।

अन्तरदेशीय प्रसारण लाईन निर्माण गर्नका लागि अनुमति माग्दै प्राधिकरणले विद्युत् विकास विभागमा आवेदन दिएको लामिछानेले बताउनु भयो । कुल ८३ वटा टावरहरू निर्माण गरिने प्रसारण लाईन अन्तरगत एसिएसआर ‘बिइएआर कन्डक्टर’ जडान गरिने छ । प्रसारण लाइन अन्तरगतका टावरहरूको उचाई ३० देखि ४९.५ मिटर सम्म रहने छन् भने दुई टावरबीचको दुरी ११८.७४ देखि ४३१.५७ मिटर सम्म रहने छन् ।

प्रसारण लाइन आयोजना निर्माण गर्दा उल्लेखनीय असर पर्ने भए ३५ दिन भित्र आफ्नो लिखित राय तथा प्रतिक्रिया दिन सरोकारवाला सबैमा आव्हान गर्दै विद्युत् विकास विभागले आज सूचना जारी गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button