तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण 

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठकमा सांसदहरूले बजारमा गुणस्तरहीन औषधि तथा खाद्यवस्तुको बिक्रिवितरण रोक्ने नियमित अनुगमन र गुणस्तर परीक्षण गरी दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

यस्तै सांसदहरूले आन्दोलनरत शिक्षकका माग सम्बोधन गरी शिक्षण संस्थामा प्राज्ञिक वातावरण निर्माण गर्न, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नसकेका कलेजहरूमा छिटो भन्दा छिटो निर्वाचन हुने वातावरण निर्माण गर्न ध्यानाकर्षण गराउनुभयो । 

बैठकमा सांसदहरूले वैदेशिक रोजगारीका लागि दुबई गएर सम्पर्कविहीन भएकी तुलसीपुर दाङ् निवासी लिला श्रेष्ठ खोजी कार्यमा पहल गर्न, सुख्खा याम सुरु भएसँगै देशका विभिन्न ठाउँमा आगजनीका घटनाहरू बढिरहेको प्रति ध्यानाकर्षण गराउँदै क्षति न्यूनीकरणका लागि सरोकारवालाहरूलाई जागरूक गराउन माग गर्नुभयो ।

यस्तै बैठकमा सांसदहरूले संविधान कार्यान्वयन र जनअपेक्षा सम्बोधनमा ध्यान पु¥याउन नसक्दा सडकमा व्यवस्था विरोधी गतिविधि बढ्न गएको प्रति समयमै सजग हुनुपर्ने बताउनुभयो । 

सांसदहरूले रोजगारीका अवसरहरू सिर्जना तथा बढ्दो महँगी नियन्त्रण गरी जनताको दैनिक जीविकोपार्जन सहज बनाउन ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button