तपाईँ सुन्दै हुनुहुन्छः

 प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ ।  प्रधान सेनापति अशोकराज सिग्देलले आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा उपरथीमा विशेष पदोन्नति हुनुभएका सहायक रथी रामप्रसाद अधिकारीलाई उपरथीको  दर्ज्यानी चिह्न प्रदान गर्नु भएको छ । 

सोही कार्यक्रममा प्राविधिक सहायक रथीमा पदोन्नति हुनुभएका प्राविधिक महासेनानी मुकेश बाटाजुलाई सहायक रथीको  दर्ज्यानी चिह्न प्रदान गर्नुभयो । त्यस अवसरमा रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति हुनुभएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button