रुपन्देही प्रहरीद्वारा एक महिनामा ११३ फरार प्रतिवादी पक्राउ

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले फागुनमा मात्रै विभिन्न मुद्दामा फरार एक सय १३ फरार प्रतिवादीलाई पक्राउ गरेको तथ्याङ्क सार्वजनिक गरेको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तथ्याङ्क सार्वजनिक गरेको हो । जसमध्ये कैद सजाय १७ वर्ष २८ दिन रहेको छ । प्रतिवादीहरूबाट कुल २५ लाख ६६ हजार १ सय ५६.२६ रुपैयाँ बराबरको रकम जरिवाना असुलउपर गर्नुपर्ने देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक सुरज खत्रीले अपराध गरेर फरार भएका प्रतिवादीहरू सय वर्ष पछि पनि कानुनी कारबाहीमा पर्ने बताउनुभयो ।
क्षत्रीले भन्नुभयो, “ मानिसहरूले अपराध गरेर भारत तथा तेस्रो मुलुक जाने गर्छन्, प्रतिवादी पक्राउ गर्न लामो समय लागेपनि कानूनी कारबाही बाट कोही पनि बच्न सक्दैन ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन गैरेले, भारतीय सिमानाका सँग जोडिएका अन्य अपराधीक गतिविधि रोकथाम तथा नियन्त्रणमा लागि परेको बताउनुभयो ।
कर्तव्य ज्यान, चोरी, अभौतिक मुद्राको कारोबार, लागु औषध लगायत विभिन्न मुद्दाका फरार प्रतिवादीहरूलाई पछिल्लो समय कारवाहीको अभियान थालिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्