गर्मी सुरु भएसँगै लेक लागे हिमालीका भेडापालक किसान
बाजुरा । बाजुराको उच्च हिमाली भेगका भेडापालक किसानहरू गर्मी सुरु भएसँगै लेकतिर जान सुरु गरेका छन्।

जिल्लाको हिमाली गाउँपालिका–१ बिच्छ्याँका छिरीङ्क भोटेले हिमाली भेगमा हिमपात हट्न थालेको र बेसीतिर गर्मी सुरु हुन लागेकाले बालबालिका तथा पशु चौपाया समेत साथमा बोकेर लेक उक्लन सुरु गरेको बताउनुभयो ।
चिसो मौसममा हिमाली क्षेत्रका स्थानीय भेडापालक किसान प्रत्येक वर्ष हिउँदे खेती लगाएर कार्तिक, मङ्सिरतिर बेसी झर्ने र फागुनको अन्तिमबाट लेक उक्लिने गर्दछन् ।
प्रतिक्रिया राख्नुहोस्