१५ दिने मिथिला परिक्रमा सम्पन्न
जनकपुरधाम । मिथिलाका महाकुम्भ भनेर चिनिएको १५ दिने मिथिला मध्यमा परिक्रमा पञ्चकोशी अन्तर गृह परिक्रमा गरेर सम्पन्न भएको छ ।

फाल्गुन शुक्लपक्ष प्रतिपदा तिथिबाट जनकपुरधामको अनुमान गढीबाट शुरु भएर फाल्गुन पूर्णिमासम्म चल्ने मिथिला मध्यमा परिक्रमामा यस पटक लाखौँ तीर्थयात्रीहरू सहभागी भएका छन् । १४ दिनको मिथिला मध्यमा परिक्रमा सहभागी हुनेहरू अनिवार्य रुपमा अन्तर गृह परिक्रमामा सहभागी हुनुपर्ने प्रावधान रहेकाले अन्तर गृह परिक्रमामा सहभागी भएर घर फर्केका छन् ।

१५ दिनको मिथिला मध्यमा परिक्रमामा सहभागी नहुनेले अन्तर गृह परिक्रमामा सहभागी भएपछि पूर्ण फल प्राप्त हुने धार्मिक विश्वास भएकाले अन्तर गृह परिक्रमामा कैयौँ लाख तीर्थयात्रीहरू सहभागी भएका छन् । परिक्रमा मार्गमा होलीका दहनका लागि बालिएको आगोको राख उडाउँदै बिहानदेखि भक्तजनहरू अन्तर गृह परिक्रमामा सहभागी रहेका थिए ।
परिक्रमाका तीर्थयात्रीहरूले नेपालका १ सय ७ र भारतको २६ गरेर १ सय ३३ किलोमिटरको दूरी खाली खुट्टा यात्रा तय गर्ने गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्