मधेश प्रदेशका कानून विपरीत सञ्चालित ७३ अस्पताल बन्द गर्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वमा रहेको स्वास्थ्य क्षेत्रका अधिकारी सहितको अनुगमन टोलीले सर्लाही जिल्लाका प्रादेशिक अस्पतालसहित विभिन्न निजी स्तरका अस्पतालहरूको अनुगमन गरेको छ ।

सर्लाहीको मलंगवाका १ सरकारी अस्पताल तथा नीजि एवं पोलिक्लिनिक गरी १९ संस्थाको अनुगमन गर्दा १५ वटा कानून विपरीत सञ्चालन भएको भन्दै बन्द गर्नका लागि निर्देशन दिइएको छ ।
मुख्यमन्त्री सिंह सहितको अनुगमन टोलीले अहिलेसम्म मधेश प्रदेशका १ सय १४ अस्पतालको अनुगमन गर्दा ७३ वटा कानून विपरीत सञ्चालित भन्दै बन्द गर्न निर्देशन दिएको हो । नवीकरण नगरेका २३ वटालाई तत्काल नवीकरण गर्न निर्देशन दिइएको मुख्यमन्त्री सिंहले जानकारी दिनुभयो ।
१ सय १४ अस्पतालको अनुगमन गर्दा कानून सम्मत तरिकाले १५ वटा मात्र सञ्चालनमा रहेको पाइएको मुख्यमन्त्री सतिश कुमार सिंहले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्