तपाईँ सुन्दै हुनुहुन्छः

‘होली पर्वले पहाड र मधेसलाई एकताको सूत्रमा आबद्ध गर्न सहयोग पुग्ने’

काठमाडौँ । जनता समाजवादी पार्टी  नेपालका अध्यक्ष उपेन्द्र यादवले होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । 

File Photo

आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “आपसी भाइचारा र सद्भावको रुपमा मनाइने हिन्दू धर्मावलम्बीहरूको महान् पर्व होलीको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ ।”

अध्यक्ष यादवले असत्यमाथि सत्य, हिंसामाथि सद्भाव र घृणामाथि प्रेमको विजयोत्सवको रुपमा मनाइने रङहरूको पर्व फागुपूर्णिमा हिमाल, पहाड र मधेसलाई एकताको सूत्रमा बाँधी आपसी भ्रातृत्व सद्भाव र सहिष्णुता कायम गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । 

–––

प्रतिक्रिया राख्नुहोस्

Back to top button