तपाईँ सुन्दै हुनुहुन्छः

आज फागु पर्वः काठमाडौँसहित पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै

काठमाडौँ। रंगहरुको पर्व होली आज देशका पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइदै छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात होली एक आपसमा रङ लगाएर मनाउने गरिन्छ ।

आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रवर्द्धन गर्ने पर्व होलीका अवसरमा आज काठमाण्डौ लगायत देशका विभिन्न शहरमा होली कार्यक्रमको आयोजना गरिएको छ । केही वर्षदेखि होली खेल्ने परम्परा सभ्य पनि बन्दै गएको छ ।

फागु पर्वका उपलक्ष्यमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । तराई क्षेत्रमा भने भोली होली मनाइदै छ । होली पर्व अथवा फागु पूर्णिमा प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाउने हिन्दू संस्कृतिको प्रमुख उत्सव हो ।

हिन्दू संस्कृति अनुसार होलीको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका भक्त प्रह्लादसंग जोडिएको होली हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई बहिनी होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएको पौराणिक कथन छ ।

त्यसैले होली खेल्ने दिनको अघिल्लो रात होलीका दहन गरिन्छ । होलीका दहन पछि बिहानै देखि विभिन्न रंगका अविर आपसमा स्नेहका साथ लगाएर होली खेल्ने गरिन्छ ।

यसका साथै फाल्गुण कृष्ण पूर्णिमाका दिन मनाइने होलीका दिनबाट वसन्त ऋतुको आगमन हुने भएकाले यसलाई वसन्तउत्सवकारुपमा पनि मनाउने गरिन्छ ।

सबै उमेर समूहले उत्सवका साथ मनाउने होलीमा रंगहरुका साथै नाचगान र रमाइलो गर्ने पनि चलन छ । होलीलाई पुरानो कटुता समेत समाप्त गरेर आपसमा स्नेह र सद्भाव प्रारम्भ गर्ने सुखद दिनकारुपमा समेत लिइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button