घरेलु हिंसा सम्बन्धि उजुरी मिलापत्र बाटै समाधान

बाजुरा । बाजुरामा अधिकांश घरेलु हिंसाका उजुरी मिलापत्रबाटै समाधान हुने गरेको पाइएको छ । घरेलु हिंसाबाट पीडित भएको भन्दै महिलाहरूले प्रहरी कार्यालयमा उजुरी दिए पनि पछि मिलापत्रबाटै समाधान हुने गरेको पाइएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा २७ वटा घरेलु हिंसाका उजुरी परेका थिए । ती मध्ये १९ वटा मुद्दा मिलापत्रबाटै समाधान गरिएको छ भने अन्य ८ वटा उजुरी सम्बन्धित निकाय ९न्यायिक समिति० मा गएको तथ्याङ्कमा देखाइएको छ ।
त्यस्तै चालू आर्थिक बर्ष २०८१।०८२ को हालसम्म घरेलु हिंसाका १२ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देव बहादुर चौधरीले चालू आर्थिक वर्षको हालसम्म परेका घरेलु हिंसाका उजुरी मध्ये ११ वटा मिलापत्रबाट समाधान गरिएको बताउनुभयो ।
घरमा विशेषतः महिलाहरूलाई खान बस्न नदिएको, गालीगलौज, कुटपिट गरेको, घरायसी झगडा लगायतका हिंसा तथा दुर्व्यवहार गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिए पनि पछि मिलापत्रबाटै छिनोफानो हुने गरेको प्रहरीले जनाएको छ।महिलाहरू अदालतसम्म जान नचाहने, भौगोलिक विकटताले झन्झट मान्ने र कानुनी प्रक्रियामा गएपनि पछि सोही घरमा फर्केर आउनुपर्ने बाध्यता लगायतका कारणले धेरै मुद्दा दर्ता नुहुँदै मिलापत्र हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्