तपाईँ सुन्दै हुनुहुन्छः

डोल्पामा कम भाडा दरमा पहिलो पटक नगर बस सञ्चालन 

डोल्पा । ठुलिभेरी नगरपालिका डोल्पाले जिल्लामा पहिलो पटक सोमबार देखि नगर बस सञ्चालनमा ल्याएको छ । ३२ सिट क्षमता भएको बस ठुलिभेरी नगरपालिकाको जुफाल दुनै र त्रिपुरा कोट सम्म सेवा दिने नगर प्रमुख श्रवण कुमार बुढाले बताउनुभयो । 

जनताहरूको सेवा प्रवाहलाई सहज बनाउने र कम भाडा दरमा नगर बस सेवा सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत डिल प्रसाद रोकायाले बताउनुभयो ।  

नगर बसले न्यूनतम भाडामा सेवा दिने जनाइएको छ । दुनै जुफाल जुफाल दुनैको १४ किलो मिटर र दुनै त्रिपुरा कोट, त्रिपुरा कोट दुनै भित्रको १६ किलोमिटर दुरीमा सर्वसाधारणले बिगत लामो समयदेखि छोटो दुरीमा ५ सय महँगो भाडा तिर्दै यात्रा गर्न बाध्य थिए । 

सोमबार देखि सञ्चालनमा आएको नगर बसले सेवा सुरु गरेसँगै सर्वसाधारण खुसी भएका छन् । नगर बस सञ्चालनमा ल्याएदेखि अहिले लगिरहेको भाडामा ५० प्रतिशत कम गर्ने प्रमुख प्रशासकीय अधिकृत डिल प्रसाद रोकायाले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button