आगामी चैत १ गतेदेखि २६ औँ पुष्प हुने
काठमाडौँ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा आगामी चैत १ गतेदेखि २६ औँ पुष्प मेला ९फ्लोरा एक्स्पो० आयोजना हुने भएको छ ।
‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ चैत १ गतेदेखि ४ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा मेला आयोजना हुने एशोसिएसनले आज यहाँ पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
आयोजकका अनुसार मेलामा ८२ वटा स्टल रहनेछन् । मेलामा पुष्प व्यवसायीहरूले उत्पादन गरेका विभिन्न फूल तथा बिरुवालाई विभिन्न विधामा प्रतिस्पर्धा गराइने छ, जसमा उत्कृष्ट हुनेलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायी तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ । व्यवसायीले मेलामार्फत आफ्ना उत्पादनको प्रचारप्रसार, बजार विस्तार तथा बिक्री वितरण गर्न सक्नेछन् । साथै, अन्य व्यवसायी तथा उपभोक्तासँग सम्पर्क विस्तार गर्ने अवसर पाउनेछन् ।
मेला संयोजक रामबहादुर तामाङले मेला अवधिमा करिब ६० हजार मानिसले अवलोकन गर्ने र करिब रू एक करोड बराबरको कारोबार हुने अनुमान गरिएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्