तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद मूल आयोजक सचिवालय स्थापना

सुर्खेत । सुर्खेत दशौं राष्ट्रिय खेलकुदका लागि मूल आयोजक सचिवालय स्थापना गरिएको छ । 

वीरेन्द्रनगर स्थित रंगशाला परिसरमा मूल आयोजक सचिवालय कार्यालयको स्थापना गरिएको हो । सो अवसरमा युवा तथा खेलकुद मन्त्री एवं मूल आयोजक समितिका संयोजक तेजुलाल चौधरी, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल एवं सामाजिक विकास मन्त्री घनश्याम भण्डारी लगायतको उपस्थिति रहेको थियो । 

युवा तथा खेलकुद मन्त्री एवं मूल आयोजक समिति संयोजक तेजुलाल चौधरीले तोकिएकै समयमा प्रतियोगिता सञ्चालन हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो । 

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सचिवालय स्थापनासँगै अब प्रतियोगिता निर्धारित समयमै सञ्चालन हुने विश्वास जागेको बताउनुभयो । 

सुर्खेतमा आगामी जेठ ३ देखि १० गतेसम्म दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button