तपाईँ सुन्दै हुनुहुन्छः

सङ्कटाद्वारा सातदोबाटो युथ क्लब १–० ले पराजित

काठमाडौँ । सङ्कटा फुटबल क्लबले कठिन जितसहित एन्फा यु–१६ युथ लिग सक्काएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न आफ्नो अन्तिम खेलमा सङ्कटाले सातदोबाटो युथ क्लबलाई १–० ले हराएको हो । जितसँगै सङ्कटाले २० खेलबाट ४१ अङ्क पुर्‍यायो । सङ्कटा तेस्रो स्थानमा छ । यद्यपि, ३९ अङ्क रहेको फ्रेन्ड्स क्लबले एक खेल कम खेलेको छ ।

सातदोबाटोले भने १७ अङ्कसहित आठौँ स्थानमा रहेर लिग सक्कायो । सङ्कटाको जितमा कृष्टा भण्डारीले गरेको गोल निर्णायक रह्यो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button