गणतन्त्रको विकल्प राजतन्त्र हुँदैन: गृहमन्त्री लेखक

सुर्खेत । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्पका रुपमा राजतन्त्र हुन सक्छ भन्ने भ्रममा नबस्न पूर्व राजालाई आग्रह गर्नु भएको छ ।
आज सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले केही मानिसले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने फैलाएको भ्रममा पूर्व राजालाई हौसिन आवश्यक नरहेको बताउनु भएको हो । उहाँले आन्दोलन गरेर फालिसकेको राजसंस्था र राजालाई लोकतन्त्रमा प्रवेश गरिसकेका जनताले फेरि फर्काएर ल्याउँछन् भनेर कसैले विश्वास गर्न नहुने बताउनुभयो ।
सामान्यतया: आन्दोलनबाट फालिसकिएको राजसंस्थाका राजा उसैदेशमा सबै स्वतन्त्रतापूर्वक उपभोग गरेर बसेको इतिहास विरलै भेटिने गरेको जनाउनुभयो । लोकतन्त्रमा संयमित, परिष्कृत, उद्दार र सहिष्णुता रहेकोको बताउँदै उहाँले जनताले फालिसकेको राजसंस्थाका राजाले स्वतन्त्रतापूर्वक अधिकारको उपभोग गरेर बसिरहेको बताउनुभयो । उहाँले कसैले पनि लोकतन्त्रलाई कमजोरीका रुपमा नलिन समेत आग्रह गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्