तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथर गोल्डकप : इन्ट्रा पथरीको विजयी सुरुवात

पाँचथर । पाँचथरको फिदिममा शनिबार बाट सुरु भएको पाँचौँ  पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा इन्ट्रा पथरी विजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक पाँचथर क्लब र इन्ट्रा पथरी ११ फुटबल क्लब मोरङबिच प्रतिस्पर्धा भएको थियो ।

खेलमा २–० गोल अन्तरले आयोजक टिमलाई पाखा लगाउँदै इन्ट्रा पथरी फुटबल क्लबले खेल जितेको हो । खेल जिताउन सनम धिमाल र अंकित लिम्बूले समान १÷१ गोल गरे ।

खेलमा म्यान अफ द म्याच हुँदै इन्ट्रा पथरीका गोल रक्षक समीर क्षेत्रीले  नगद  ७ हजार  ५ सय रुपैयाँ प्राप्त गरे । गोल गर्न पाएको अवसर गुमाउँदा प्रतियोगिताबाट पाँचथर फुटबल क्लब बाहिरिए सँगै इन्ट्रा पथरी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । 

पाँचथर क्लबको आयोजनामा फागुन २४ देखि चैत्र २ सम्म हुने प्रतियोगिताको विजेताले नगद ११ लाख १ हजार १ सय ११ रुपैयाँ र उप विजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । यो पुरस्कार राशि जिल्लाकै हाल सम्मको सर्वाधिक हो । मुख्य प्रायोजक वाइवाइ रहेको प्रतियोगितामा नेपाल र भारतका आठ टिम सहभागी भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button