तपाईँ सुन्दै हुनुहुन्छः

पञ्चेबाजा लोप हुन नदिन महिलालाई तालिम 

भोजपुर । भोजपुरमा महिलालाई लक्षित गर्दे पञ्चेबाजा तालिम सञ्चालन गरिएको छ ।  परम्परागत पञ्चेबाजाको संरक्षण र संवर्द्धनका लागि १५ दिने तालिम सञ्चालन गरिएको हो ।

भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले पञ्चेबाजाको तालिम लिएपछि संस्कृतिको जगेर्ना पनि हुने र महिलाहरूलाई आयआर्जनमा समेत टेवा पुग्ने भएकाले तालिम सञ्चालन गरिएको बताउनुभयो । तालिम लिएपछि आयआर्जन पनि गर्न सकिने भएकाले अन्य तालिम भन्दा पञ्चेबाजा बजाउने तालिम उपलब्धिमूलक भएको उपप्रमुख शेर्पाले उल्लेख गर्नुभयो ।

तालिममा वडा नम्बर नौ लगायतका वडाहरूका ९ जनाको सहभागिता रहेको थियो । तालिम पश्चात् सहभागीहरूलाई उपप्रमुख शेर्पा, वडा नम्बर ९ का वडाध्यक्ष रामबहादुर तामाङ र कार्यपालिका सदस्य बन्दना सुन्दाशले पञ्चेबाजा हस्तान्तरण समेत गर्नुभयो ।

सहभागी महिलाहरूले तालिम उपलब्धिमूलक भएकाले अवका दिनमा सिकेको सिपलाई व्यवहारमा लागु गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button