तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा राष्ट्रिय परिचयपत्र लिनेको सङ्ख्या न्यून

बाजुरा । नेपाली नागरिकताको विकल्पका रूपमा सरकारले अघि सारेको राष्ट्रिय परिचयपत्र लिनेको सङ्ख्या बाजुरामा न्यून रहेको छ।

  बाजुरामा विभिन्न समयमा राष्ट्रिय परिचय पत्रका लागि आवेदन दिएका नागरिकहरूको १४ हजार ५ सय परिचय पत्र छपाई भएर आएका भए पनि ४ हजार बाहेक अधिकांश परिचय पत्र जिल्ला प्रशासन कार्यालय बाजुराको दराजमै थन्किएका छन् ।

प्रशासनमा पुगेका परिचय पत्र वितरण भइरहेको भएपनि परिचयपत्र लिन स्वयम व्यक्ति उपस्थिति हुनुपर्ने भएकाले र अधिकांश नागरिक रोजगारीको शिलशिलामा विदेशमा गएकाले परिचय पत्र लिनेको सङ्ख्या न्युन रहेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले बताउनुभयो ।

जिल्लामा २०७७ साल असोज ११ गते देखि राष्ट्रिय परिचय पत्रका लागि आवेदन कार्य सुरु भएकोमा हालसम्म निरन्तर चलिरहेको छ। भने मतदाता सङ्ख्याको आधारमा जिल्लामा ७४ प्रतिशत नागरिकहरूको राष्ट्रिय परिचय पत्र विवरण सङ्कलन भइसकेको छ ।

राष्ट्रिय परिचय पत्र वितरण कार्यको सुरुवात भएको एक बर्ष पुग्न लाग्दा पनि न्युन सङ्ख्यामा वितरण हुनुमा आँखा, कान र हस्ताक्षर सहित बायोमेट्रिक लिएर सम्बन्धित व्यक्तिले परिचय पत्र पाउने व्यवस्था भएकाले सम्बन्धित व्यक्ती उपस्थित हुन नसक्नु लगायतका कारणहरू रहेको प्रशासन कार्यालय बाजुराले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button