तपाईँ सुन्दै हुनुहुन्छः

सभामुखद्वारा प्रेस स्वतन्त्रताको संरक्षण गर्ने प्रतिबद्धता

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रताको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ  । 

इकोनोमिक मिडिया एशोसिएसन नेपाल(इमान)को दोस्रो वार्षिकोत्सव तथा तेस्रो वार्षिक साधारण सभाको अवसरमा आज यहाँ ओयाजित कार्यक्रममा उहाँले प्रेस स्वतन्त्रताको संरक्षणमा कुनै प्रकारको बन्देज नलगाइने प्रतिबद्धता जनाउनुभयो । 

उहाँले भन्नुभयो, “लोकतन्त्रको आधारभूत सिद्धान्त सशक्त प्रेस, पारदर्शिता र उत्तरदायी शासन प्रणाली हो, कुनै पनि कानुनले प्रेस स्वतन्त्रतालाई कमजोर पार्ने काम गर्ने छैन, प्रेस स्वतन्त्रताप्रति मेरो प्रतिबद्धता छ ।” 

उहाँले आर्थिक नीतिहरूलाई सुधार गर्दै नयाँ अवसरहरूको खोजीमा सरोकारवाला निकायबीच समन्वयको आवश्यकता औँल्याउँदै संसदमा विचाराधीन विधेयकमाथि सञ्चारकर्मीको चासोबारे आफू जानकार रहेको बताउनुभयो । 

साधारण सभाले रोयल आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा डिल्लीप्रसाद सापकोटा, महासचिवमा रामेश्वर कार्की, उपमहासचिवमा टंक कार्की, सचिवमा प्रकाश अर्याल, कोषाध्यक्षमा अमिर लामा र सदस्यमा अप्सरा गौतम, उत्सव ढकाल, डिआर आचार्य, मनोज थापा र गीता भुसाललाई चयन गरेको छ । 

इमानले ‘इमान विशेष सम्मान’ बाट न्यू बिजनेश एजका अध्यक्ष तथा आर्थिक अभियान दैनिक र न्यू बिजनेश एज म्यागेजिनका प्रधान सम्पादक मदन लम्साललाई सम्मान गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button