तपाईँ सुन्दै हुनुहुन्छः

वाराही घाटमा नगर प्रहरी र कोटी होम आयोजकबिच झडप, एक दर्जन घाइते

कास्की । पोखराको वाराही घाटमा शुक्रबार बिहान पोखरा महानगर प्रहरी र कोटी होम आयोजकबिच झडप भएको छ ।

नेपाल ट्रस्ट मातहतको वाराही घाटमा मानव सेवा फाउन्डेसनद्वारा आयोजना गर्न लागिएको कोटि होमका लागि भूमि पूजन कार्यक्रम तय गरिएको थियो । उक्त कार्यक्रम बिना अनुमति सञ्चालन गर्न खोजिएको भन्दै महानगर प्रहरीले रोक्न प्रयास गरेपछि आयोजक पक्षसँग विवाद उत्पन्न भएको हो ।

विवादकै क्रममा महानगर प्रहरीले स्थानीयमाथि बल प्रयोग गरेको बताइएको छ । 

यही विषयलाई लिएर थप तनाव उत्पन्न हुँदा आयोजक पक्ष र नगर प्रहरीबीच झडप भएको छ । जसमा दुवैतर्फका करिब एक दर्जन व्यक्ति घाइते भएका वडा कार्यालय बैदामले जानकारी दिएको छ ।

कोटी होम गर्न दिने नदिने निर्णय आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button