तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङको सान्थाक्रामा एक पुरुष मृत फेला

ताप्लेजुङ । ताप्लेजुङ मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा एक पुरुष मृत फेला परेका छन् । स्थानीय ४० वर्षीय दिपेश केदेमलाई सान्थाक्राको आमचोक सडकखण्डमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार  चिन्न नसकिने अवस्थामा फेला परेको लिम्बुलाई कपडा र स्थानियको सहयोमा पहिचान गरिएको जानकारी दिनुभयो ।

 घटनास्थलको प्रकृति हेर्दा गाडीले किचेको हुन सक्ने प्रहरीको भनाई छ । लिम्बुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याई पुर्याएको छ । घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button