तपाईँ सुन्दै हुनुहुन्छः

अध्यागमन कार्यालय देशको ऐना हो: गृहमन्त्री लेखक 

रुपन्देही । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालय देशको ऐना भएको बताउनुभएको छ ।

रुपन्देही जिल्लाको अध्यागमन कार्यालय बेलहियाको उद्घाटन गर्नुहुँदै गृहमन्त्री लेखकले अध्यागमन कार्यालय भनेको देशको ऐना भएको बताउनुभएको हो । कर्मचारीले जस्तो व्यवहार पर्यटकले त्यसरी नै बुझ्छ । त्यसैले अध्यागमन कार्यालय देशकै ऐना हो । गृहमन्त्री लेखकले भन्नुभयो ‘ बोल्दा विनम्र हुनुपर्छ । हाम्रा पर्यटक अतिथि हुन् नेपालीलाई पनि विदेशीलाई पनि हामीले सेवा प्रवाह गर्दा दिक्क मान्न हुन्न ।  सभ्यता र विनम्रता पूर्वक ढंगले सेवा दिने हो । कागज नमिले रिसाएर होइन विनम्रता पूर्वक सेवा दिनुपर्छ हामी नागरिकका सेवक हौँ । सेवाको भावनाले काम गर्नुपर्छ । रिसाउन गलत व्यवहार गर्न कसैलाई छुट छैन ।’

अध्यागमन कार्यालयले पहिलो पर्यटकको स्वागत गर्ने हुँदा राम्रो व्यवहार गर्न कर्मचारीहरूलाई गृहमन्त्रीले निर्देशन समेत दिनुभएको छ । 

‘तपाईँलाई हेरेर नेपाल बुझ्ने भएकाले राम्रो व्यवहार गर्नुहोस् १ जनाले सुख पाए २० जनालाई राम्रो भन्छ नराम्रो भने १ जनाले २० जनालाई नराम्रो प्रभाव पार्छ त्यसैले पर्यटनको बिकास गर्न पनि सबैलाई राम्रो र असल व्यवहार गरौँ ।’ गृहमन्त्री लेखकले भन्नुभयो । 

रूपन्देहीको बेलहिया नाका देशकै ठुलो नाका स्थापित भएको बताउनुभयो ।  नेपालमा १३ ठाउँबाट विदेश जाने नाका रहेका छन् । भारत तर्फका ती प्रायः कोरोनाको समयमा बन्द थिए हाल सुरु गरेका गृहमन्त्री रमेश लेखकले बताउनुभयो । अहिले दक्षिण तिरका नाका सुरु भएका छन् । सबै भन्दा ठुलो नाका हो धार्मिक नाका समेत हो यसको सम्भावना छ । गृहमन्त्री लेखकले भन्नुभयो ‘ बुद्ध जन्म भूमि भएकाले धेरै मानिस आइरहनुभएको छ । बढी पर्यटक भित्र्याउँछौ । त्यसले मुलुकको आर्थिक विकासमा सहयोग गर्छ ।’ 

अध्यागमन विभागका सहायक निर्देशक टिकाराम ढकालले हाल सम्म अध्यागमन विभागले १३ करोड भन्दा बढी राजस्व सङ्कलन गरेको बताउँदै त्रिभुवन विमान स्थल पछि बढी राजस्व सङ्कलन गर्ने कार्यालय अध्यागमन कार्यालय बेलहिया भएको बताउनुभयो । 

सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खांनले लुम्बिनी विकासले पुरै देशको बिकास हुने बताउनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिल्ली दैनिकी उडान भएमा यस क्षेत्रले र देशले नै आर्थिक र पर्यटन विकासले फड्को मार्ने बताउनुभयो । 

अध्यागमन कार्यालय बेलहियाको भूकम्प प्रतिरोधात्मक ६ तल्ले भवनको गृहमन्त्री लेखकले अनुगमन समेत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button