तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा लेनदेन विवादका क्रममा गोली प्रहार, एक जनाको मृत्यु

बैतडी।बैतडीको दोगडाकेदार गाउँपालिका–८ मा लेनदेन विवादका क्रममा भएको गोली प्रहारबाट घाइते भएका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार, सोही गाउँका करिब ४५ वर्षीय कर्ण विष्टले सुरेन्द्रलाई गोली प्रहार गरेका थिए। उनीहरूबीच लेनदेन विवाद रहेको बताइएको छ।

प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button