तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारिता सशक्तीकरण प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पत्रकारिता र आम सञ्चार माध्यमको सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

शनिबार राप्ती उपत्यका (देउखुरी) मा आयोजित प्रेस चौतारी नेपाल, लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले आफ्नो स्थापना कालदेखि नै पत्रकारिता सशक्तीकरणलाई प्राथमिकतामा राख्दै आएको स्पष्ट पार्नुभयो।

उहाँले पत्रकार हितलाई संरक्षण गर्दै प्रवर्द्धनका लागि आवश्यक कानुनी संशोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘प्रदेश सरकारले पत्रकारिता कल्याणकारी कोष स्थापना गरेर उदाहरणीय काम अघि बढाएको छ’ उहाँले भन्नुभयो, ‘पत्रकारिता क्षेत्रलाई निरन्तर प्रोत्साहन दिँदै आएका छौँ ।’

कार्यक्रम प्रेस चौतारी लुम्बिनी प्रदेशका अध्यक्ष शोभाखर पन्थीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्य रहेको थियो। साथै, चौतारीका इन्चार्ज तथा केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र प्रसाद गौतम, केन्द्रीय तथा प्रदेश नेतृत्वका अन्य पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button