जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
बाँके । नेपालगन्जको बेलासल्पुर रोडमा बोलेरो जिप अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

बाँके प्रहरीका अनुसार भे १ च ३८९५ नम्बरको बोलेरो जिप ढुवानीका क्रममा अनियन्त्रित हुँदा आज दिउँसो १ बजे घरमा ठोक्किएको थियो।
दुर्घटनामा परी वर्ष ५ का डेविड बुढाथोकीको निधन भएको छ भने ४० वर्षीय संजय सिलवाल गम्भीर घाइते भएका छन् । आफ्नै घर बाहिर घाम तापेर बसिरहेको अवस्थामा एक्कासि गाडिले ठक्कर दिँदा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेको नेपालगञ्ज मेडिकल कलेज नर्सिङ होम उपचार भइरहेको छ भने बोलेरो चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्