भालुको आक्रमणबाट यादव घाइते
दाङ । भालुको बाट देउखुरीमा एक जना गम्भीर घाइते हुनुभएको छ।
घाइते हुनेमा राजापुर गाउँपालिका(४ फोहोरा निवासी वर्ष ५५ का बालाकराम यादव रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनु भयो ।
यादव आज फाल्गुन ११ गते घाँस काट्न भनेर लमही नगरपालिका-८ असानीदेखि निवासी उत्तर तर्फ रहेको जुरपानी सामुदायिक वनमा जानु भएको थियो।

दिउँसो घाँस काट्न भनेर जानु भएका यादव साँझ अबेरसम्म घर नफर्किए पछि आफन्तहरू खोज्दै जाने क्रममा आज सोमबार बेलुका ४ बजेतिर यादव घाइते अवस्थामा फेला पर्नु भएको थियो।
यादवलाई घाइते अवस्थामा फेला पारेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । सतबरिया प्रहरी चौकीका प्रमुख असई मान बहादुर नेपालीको टोलीले घटनास्थल पुगेर उनलाई उपचारका लागि लमही अस्पताल पठाएको छ । घाइतेले बताए अनुसार उनलाई दुई वटा भालुले आक्रमण गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्