तपाईँ सुन्दै हुनुहुन्छः

कालिगण्डकीमा डुबेर एक बालकको मृत्यु, एक जना बेपत्ता

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा दुई जना डुबेका छन् । बिहीबार  साझ करिब ५ः१५ बजे बगनासकाली–९ शिखर डाँडा निवासी अन्दाजी २४ वर्षीय पुजन गाहा र १४ वर्षीय शिशिर गाहा नदीमा पौडी खेलिरहेका बेला अचानक डुबेका थिए । 

घटनाबारे स्थानीयवासीले प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा खोजी तथा उद्धार कार्य  गरेको थियो । खोजीका क्रममा १४ वर्षीय शिशिर गाहालाई घटनास्थलमै मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

यता, २४ वर्षीय पुजन गाहा नदीमा बेपत्ता रहेका छन् । उनको खोजी कार्य प्रहरी र स्थानीयवासीको सहयोगमा निरन्तर जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button