लैङ्गिक विभेद तथा हिंसा विरुद्ध सशक्त रुपमा लाग्न अपिल
बाँके । सामाजिक रुपमा रहेका हानिकारक अभ्यास, लैङ्गिक विभेद तथा हिंसा विरुद्ध सचेतना मूलक कार्यक्रम आज सोमबार खजुरामा सम्पन्न भएको छ ।

२१ औँ शताब्दीमा पनि मानव–मानव बीचमा हुने वा भएका विभेदको अन्त्य गरि समुन्नत समाज निर्माणका लागि समाजमा रहेका हानिकारक प्रथा र चलनहरू, बालविवाह, जातीय विभेद, लैङ्गिक हिंसा लगायतलाई निरुत्साहित बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सामाजिक विकास मन्त्रालयका सचिव अणप्रसाद न्यौपानेले बताउनुभयो ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले समुन्नत समाज निर्माण गर्नका लागि बाधक रहने सामाजिक रुपमा रहेका हानिकारक अभ्यास, लैङ्गिक विभेद तथा हिंसा विरुद्ध सशक्त रुपमा लाग्नका लागि यस्ता कार्यक्रमले ऊर्जा दिने जिकिर गर्नुभयो ।
उहाँले सामाजिक रुपमा रहेका गलत अभ्यास निराकरण गर्न वा हटाउन मन्त्रालय मात्रैको प्रयासले नहुने भएकोले सबैको सहकार्य र सहयोगले सम्भव हुने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्