तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरा महोत्सव आजबाट सुरु   

डडेल्धुरा । डडेल्धुरा महोत्सव आजबाट सुरु भएको छ । डडेल्धुराको दिगो विकासको आधार कृषि पर्यटन र पूर्वाधार विषयक डडेल्धुरा महोत्सवको समुद्घाटन भएको छ । नेपाल राष्ट्रिय सङ्गीतकर्मी संघ डडेल्धुराको आयोजनामा सोमबार बाट सञ्चालन भएको डडेल्धुरा महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका पूर्व सामाजिक बिकास मन्त्री गोविन्दराज बोहराले गर्नुभएको थियो । 

महोत्सवको उद्घाटन गर्नुहुँदै पूर्व मन्त्री बोहराले समग्र डडेल्धुराको विकासका मुद्दा र आर्थिक समृद्धिमा महोत्सव सफल हुने बताउनुभयो । महोत्सवले स्थानीय प्रतिभाको उजागर गर्नुको साथै मन्द भइरहेको आर्थिक व्यापारमा समेत यसले टेवा पुर्‍याउँछ पूर्व मन्त्री बोहराले बताउनुभयो । 

डडेल्धुराको बिकास निर्माणको गति जुन रुपमा अघि बढ्नुपर्ने हो त्यो हुन सकिरहेको छैन काँग्रेसका नेता समेत रहनु भएका बोहराले भन्नभयो- महोत्सवका सबैले सहयोग र सहकार्य गरेर महोत्सवलाई सफल बनाउनु हामी सबैको साँझा दायित्व भएको बताउनुभयो । 

नेपाल राष्ट्रिय सङ्गीतकर्मी संघ डडेल्धुराका अध्यक्ष गणेश केसीको अध्यक्षतामा भएको उक्त महोत्सवको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौंतले डडेल्धुरा महोत्सवले यहाँका कला सस्कृती, पर्यटन, ब्यापार र जिल्ला भित्र रहेका प्रतिभाहरूको उजागरका लागी महत्त्वपूर्ण अवसरका रुपमा लिन सकिने बताउनुभयो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले महोत्सवले यहाँको ब्यापार व्यवसायमा उन्नति हुने र जिल्लाको समग्र बिकास निर्माणका लागी समेत यसले प्रभाव पार्नै बताउनुभयो । कार्यक्रममा पत्रकार महासङ्घका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष मानबहादुर साउँदले महोत्सवले समग्र डडेल्धुराका आर्थिक सामाजिक राजनैतिक सँगै प्रतिभाको समेत खोजी हुने थलोका रुपमा लिन सकिने बताउनुभयो ।  

कार्यक्रममा नेकपा एमाले डडेल्धुराका प्रचार विभाग प्रमुख सुन्दर जैरुले महोत्सवले डडेल्धुरालाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा निकै सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा अमरगढी नगरपालिकाका वडा नं.५ का वडा अध्यक्ष टंकबहादुर क्षत्रीले जिल्लामा वर्षमा हुने महोत्सवले सुस्ताएको अर्थतन्त्रलाई चलायमान गर्नै र जिल्ला भित्र रहेका कला संस्कृतिको समेत संरक्षण सम्बद्र्धन हुने बताउनुभयो । नागरिक समाज डडेल्धुराका अध्यक्ष रमेश प्रसाद जोशीले महोत्सवले डडेल्धुराको समग्र विकासमा टेवा पुग्ने बताउनुभयो । 

सुदूरपश्चिमकै चर्चित कलाकार धनीराज गिरी,सुधिर जैरु लगायतका कलाकारहरूले अतिथि सहभागीहरूलाई भरपुर मनोरञ्जनका साथै देउडा खेलाएका थिए । कार्यक्रमको सञ्चालन अगुवा सञ्चारकर्मी एवम् कलाकर्मी लोकेन्द्र ओझाले विभिन्न मुक्तक,गजल प्रस्तुती गर्दै दर्शकहरूलाई निकै मनोरञ्जन दिएका थिए । डडेल्धुरा महोत्सवमा विभिन्न स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारहरूको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button