तपाईँ सुन्दै हुनुहुन्छः

मुगुको गमगाड खोलामा पक्की पुल निर्माणको काम अन्तिम चरणमा

मुगु  । मुगुको उत्तरी सीमा तिब्बत जोड्ने गमगढी -नाक्चे लाग्ना सडक अन्तर्गत गमगाड खोला (अल्का साँघु) मा पक्की मोटरेबल पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

नेपाल सरकार सडक विभाग अन्तर्गत पुल महाशाखाको आर्थिक र सडक डिभिजन कार्यालय जुम्लाको प्राविधिक सहयोगमा उक्त पुल निर्माण कार्य सुरु गरिएको हो ।

हिम सगरमाथा निर्माण कम्पनी ले कर्णाली राजमार्ग अन्तर्गत जुम्ला र कालिकोटको सिमाना मा पर्ने कालिका खेतु देखि मुगुको छाईल बगरसम्म जम्मा कुल मोटरेबल पुलहरू मध्ये गमगाड खोलाको पक्की मोटरेबल पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो। 

गमगढी -नाक्चे लाग्ना सडक अन्तर्गत छायाँनाथरारा नगरपालिका वडा नं १ अल्कासाँघु भन्ने स्थानमा साना गाडीहरू काठको लाप्काको भरमा ओहोर दोहोर गर्नु पर्ने बाध्यता रहेको थियो ।  करिब ८ करोड लगानी रहेको उक्त पुलको  लम्बाइ  ४० मिटर  रहेको छ । यो पुल निर्माण भएको खण्डमा  गमगढी नाक्चे लाग्ना सडक अन्तर्गत मुगुम् कार्मारोङ  गाउँपालिका मा पर्ने  माग्री  नजिक पुग्न सहज हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button