कांग्रेसको आगामी महाधिवेशन समयमै हुनुपर्छ : वरिष्ठ नेता कोइराला
नेपालगन्ज । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीलाई मजबुत बनाउन आम कार्यकर्ताको अहम् भूमिका हुने बताउनुभएको छ ।

नेपालगन्जमा आज अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै कोइरालाले पार्टी कमजोर हुन नदिन निरन्तर खबरदारी गर्न पनि जरुरी रहेको बताउनुभयो । उहाँले पार्टीको आगामी महाधिवेशन समयमै हुनुपर्ने बताउँदै त्यसका लागि आम कार्यकर्ताले दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो ।
उहाँले सरकारमा पार्टीको कमजोर पर्फर्मेन्स भए पार्टीलाई नोक्सान हुने भन्दै जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । डा. कोइरालाले दुई ठूला दल मिलेर सरकार बनाउँदा पनि जनतामा आशाको सञ्चार हुन नसकेको भन्दै यसमा दुवै पार्टी गम्भीर बन्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्